Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

असामाजिक तत्वहरु प्रहरी नियन्त्रणमा

०८ शुक्रबार , जेठ २०८३एक घण्टा अगाडि

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
काठमाडौं, ७ जेठ ।     काठमाडौं महानगरपालिका २६ मित्रनगर बस्ने सुनसरी घर भएका ४० वर्षीय देवेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ७ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका(९ गोंगबुबाट २ ग्राम ८ सय १० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित राई बसेको श्रमिक गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी गर्दा थप ३१ ग्राम ९ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो । 
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका(१ बस्ने ३८ वर्षीय मायोज भन्ने दिनेश महर्जनलाई नियन्त्रित लागूऔषध डाइजेपाम ६४७ एम्पुल, फेनारगन ६४७ एम्पुल, नोर्फिन ६४७ एम्पुल र नगद २० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं महानगरपालिका(१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने चितवन भरतपुर महानगरपालिका १ घर भएका ५२ वर्षीय आकाश लामालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, कञ्चन गाउँपालिका(३ हरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ४ बस्ने ३१ वर्षीय उत्तम भन्ने इन्द्रजित चालिसे र सोही गाउँपालिका(३ बस्ने ३९ वर्षीय देव बहादुर थापा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका ६ सिमलघारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका ६ सिमघारी बस्ने २३ वर्षीय धमेन्द्र विकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका २० सुखरामपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रामपाल बर्मा र २० वर्षीय बिशाल खटिक रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले सुखरामपुरबाट मनिकापुरतर्फ जाँदै गरेको भे। १० प २०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, पथरीशनिश्चरे नगरपालिका(४ सन्देश चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्र भुजेल, २३ वर्षीय रोनित राई र २२ वर्षीय सुरज मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मकवानपुर, हेटौँडा उपमहानगरपालिका ६ खुमलटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १० बस्ने २१ वर्षीय रोनक खड्गी र सोही उपमहानगरपालिका(१८ हर्नामाडी बस्ने २९ वर्षीय रोशन मालबुले रहेका छन् । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका १७ पशुपति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशाल राज धामी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका(१० बस्ने २६ वर्षीय रमेश उराउलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सिन्धुली, कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्राम सहित ओखलढुङ्गा चम्पादेवी नगरपालिका ५ बस्ने २५ वर्षीय रूद्र कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३ ०१ ००५ ख ९७६० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  
चितवन, भरतपुर महानगरपालिका ४ शिवघाट बस्ने ३३ वर्षीय सलिम अलिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८७ हजार ५ सय रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।       
झापा, भद्रपुर नगरपालिका ३ भाङबारी फलामेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका २ बस्ने २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राई रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
ललितपुर, गोदावरी नगरपालिका १२ ठेचोबाट अवैध लागूऔषध गाँजा २ सय ९० ग्राम सहित सोही ठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका ५ घर भएकी ४५ वर्षीया सम्झना तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका(३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका २ बस्ने ३० वर्षीय सुरज बोहरा समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं, ७ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप, रामेछाप नगरपालिका ८ घर भएका ३३ वर्षीय रमेश कुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका १० बस्ने गोरखा घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, काठमाडौं महानगरपालिका २६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरूङ, गोरखा घर भएका २४ वर्षीय सौगात गुरूङ, ललितपुर गोदावरी नगरपालिका २२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम र भक्तपुर सूर्यविनायक नगरपालिका ३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका  छन् ।
पक्राउ मध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रूपैयाँ, सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई काठमाडौं महानगरपालिका(१० बाट र शान्तीलाई काठमाडौं महानगरपालिका(३० बाट बुधबार तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका २६ बाट र सुर्यलाई ललितपुर गोदावरी नगरपालिका २२ बाट मंगलबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई जना पक्राउ
काठमाडौं, ७ जेठ । स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तपस्या एचआर प्रालिका संचालक काठमाडौं महानगरपालिका २६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र बुढानिलकण्ठ नगरपालिका(३ बस्ने सिराहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्नेमा विभागबाट अनुमति समेत नलिएको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
दाङ, ७ जेठ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका १० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन् ।
ओम, राजेन्द्र र सोही उपमहानगरपालिका ८ टिकरी बस्ने २४ वर्षीय राजेश चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरू मध्ये ओम र राजेन्द्रलाई पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार राजेशको खोजी गरिरहेको छ ।