Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

प्रहरी सकृयता झन बढ्यो

०७ बिहिबार , जेठ २०८३एक घण्टा अगाडि

प्रहरी सकृयता झन बढ्यो

लागूऔषध पोलेन सहित दुई जना पक्राउ
काठमाडौं, ६ जेठ, गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्तीबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित एक जना पक्राउ
काठमाडौं, ६ जेठ, कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पेस्तोल  १ थान र म्याग्जिन १ थान सहित सोही नगरपालिका(६ बस्ने सुनसरी धरान उपमहानगरपालिका १७ घर भएका २३ वर्षीय सन्दिप परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त स्थानमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिट मुनि सन्दिपले लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई हातहतियार सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ६ जेठ, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका(४ बस्ने रूकुम पूर्व उतरगंगा गाउँपालिका ४ घर भएका ४६ वर्षीय हर्क बहादुर बुढालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८२ पौष १ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १४ कंलकीबाट पक्राउ गरेको हो ।