
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं, ६ जेठ । सिराहा, विष्णुपुर गाउँपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका ४ बस्ने ३२ वर्षीय राम उदगार यादव, सिरहा नगरपालिका २२ बस्ने ३६ वर्षीय राम बिलेक्षण यादव र भारत मधुवनी पंचात ग्राम ५ बस्ने २१ वर्षीय चन्दन कामती रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र ०३ ००१ ख ३५३७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ बस्ने २० वर्षीय सौगात बस्नेत र पाँचथर हिलिहाङ गाउँपालिका ३ घर भएका २० वर्षीय आमिङ योङहाङ रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका ५ सयपत्री टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ र सोही नगरपालिका ३ बस्ने २६ वर्षीय सुनिल दास रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका १ भजनी बजारस्थित अछाम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका ७ घर भएका ३० वर्षीय नरेन्द्र मार्कण्डलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले होटलको ४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपलिका ९ सुकुटी तालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय श्याम राना र सोही उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय सुरेन्द्र राना रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका ४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय विकाश देउला र २६ वर्षीय विकल देउला रहेका छन् । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले विकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका ४ चन्द्रसूर्य टोल बस्ने ४० वर्षीय राजु भन्ने देव कुमार राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका(१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप साही र गोदावरी नगरपालिका १३ झरूवाराशी बस्ने २३ वर्षीय सिर्जन रम्तेल रहेका छन् । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका ६ बिमिहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ९३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३१ वर्षीय कृष्ण कुमार गुप्तालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, पटेर्वासुगौली गाउँपालिका ४ भतौडाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १ किलोग्राम सहित जिराभवानी गाउँपालिका २ परसवा बस्ने ३८ वर्षीय लक्षण मुखियालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सुनसरी, ६ जेठ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका ७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७८ वैशाख १३ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके, ६ जेठ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका ४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका २ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका ५ बनकटुवा चोकबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ
संखुवासभा, ६ जेठ । ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका १० हात्तीसुँडे बस्ने ४३ वर्षीय अर्जुन कुमार जिमीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत संखुवासभाको २०८२ चैत ४ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
झापा, ६ जेठ. आफ्नै श्रीमती ३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा हल्दीबारी गाउँपालिका ५ कन्चनश्री बस्ने ४४ वर्षीय गोकर्ण भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णले धारिलो हतियार बाम्पोक प्रहार गरी उर्मिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कन्चनश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
प्युठान, ६ जेठ. सरूमारानी गाउँपालिका ५ जसपुरस्थित जसपुर सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक २ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी प्युठान, मल्लरानी गाउँपालिका २ काउलेस्थित राजिमे सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, ६ जेठ, कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका १ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका ४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका ३ लंकापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो ६ सय ५ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३ पडेरिया बस्ने ३३ वर्षीय तिवारी भन्ने अमिरूल्लाह मुसलमान र सोही नगरपालिका १० महिलावार बस्ने ३२ वर्षीय मोहित सिंह तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले लु ७९ प ६०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ
पर्सा, ६ जेठ. मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका(१ बस्ने २४ वर्षीय प्रेम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका १२ दिलबन्धु पेट्रोलपम्पस्थित पार्किङ गरी राखेको म।प्र। ०३ ०३३ प ८५१७ नम्बरको मोटरसाइकल मंगलबार साँझ चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
काठमाडौं, ६ जेठ. सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका १ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका ५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका १ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका ३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनु भन्दा केही समय अगावै बाहिरीएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


