मधेस र मधिसेलाई अधिकार चाहिएको हो कि अंगीकृतलाई? अंगीकृत नागरिकले अन्य कुनै पनि मुलुकमा नपाएको अधिकार नेपालमा पनि पाउनु हुन्न, अंगीकृत नागरिक संवैधानिक पदहरुमा नियुक्त गर्ने प्रावधान संविधानमा राखिनु हुन्न भनेर यी मधेसका नेताहरु किन बोल्न सक्दैनन्? यिनीहरु मधेसलाई अधिकार सम्पन्न बनाउन होइन, अंगीकृत नागरिकले नेपाल चलाउन पाउनुपर्छ भन्ने भारतीय शासक बर्गको एजेन्डा बोकेर मधेस आन्दोलन गरिरहेका छन् भन्ने प्रमाणित हुनलागेको छ। तत्काल मधेसी मोर्चाका नेताहरुले आफूलाई स्पष्ट पार्नुपर्छ कि उनीहरु एक नेपाल र नेपाली भएर नेपालमा नेपालीको शासन सत्ता चल्नुपर्छ, मधेसीले पूर्ण अधिकार पाउनुपर्छ, कुनै पनि अंगीकृतले शासक बन्न पाउनु हुन्न भनेर आफूलाई प्रष्ट पार्न जरुरी छ। अन्यथा यी मधिसे नेताहरु नेपालका शक्ति होइन, भारतका खेतालाका रुपमा स्थापित हुनेछन्, संविधानको संशोधनबाट मधिसेको अधिकार खोज्नेहरुले विदेशीलाई अधिकार दिनुपर्छ भन्छन् भने यिनीहरुको माग पूरा गर्नु भनेको अर्को राष्ट्रघात हुनजानेछ।
मधेस नेपाल हो। नेपाली मधिसेले अन्य नेपालीले पाएसरहको अधिकार पाउनैपर्छ। तर मधेसलाई अधिकार दिने नाममा अंगीकृतलाई बोकेर हिड्छन् भने यस्ता अनधिकृतहरुलाई राजनीतिक शक्ति मान्नु गलत हुनेछ। मधिसे नेताहरु मधेसलाई अधिकार कि अंगीकृतलाई?