Advertisement Banner
Advertisement Banner

०३ आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

प्रहरी झन झन सकृय

०३ आइतबार , जेठ २०८३२ घण्टा अगाडि

प्रहरी झन झन सकृय

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, ३१ वैशाख । मोरङ, विराटनगर महानगरपालिका ३ बाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ३ हजार ९ सय ७० ट्याब्लेट र ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका २ गंगाचोक घर भएका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
बाँके, बैजनाथ गाउँपालिका १ र २ को सिमाना नजिक मुलाटाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ बस्ने २८ वर्षीय याम बहादुर बुढा र ३३ वर्षीय टोप बहादुर रोकाय रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी बाँके, बैजनाथ गाउँपालिका ५ छमनिया बस्ने २४ वर्षीय बीर बहादुर थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्यू सिटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
कैलाली, टीकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ७ ट्याब्लेट सहित बर्दिया राजापुर नगरपालिका १ बस्ने २३ वर्षीय प्रमोद थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
सिन्धुली, दुधौली नगरपालिका ४ बस्ने २५ वर्षीय राजु धामी दनुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो २ सय ७२ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
ललितपुर, ललितपुर महानगरपालिका २८ हरिसिद्धी नयाँबाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९९ ट्याब्लेट, अवैध लागूऔषध गाँजा १ सय ९० ग्राम र डिजिटल तराजु २ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय रोहन पाण्डे, सुनसरी घर भएका ३१ वर्षीय गौतम शर्मा र ललितपुर महानगरपालिका २३ हात्तीवन बस्ने चितवन घर भएका ४३ वर्षीय अनिल कुँवर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
सुर्खेत, लेकवेशी नगरपालिका ४ बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चु समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका ९ बिहानी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुरेश गुरूङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कास्की, पोखरा महानगरपालिका ७ सहिदचोकबाट नियन्त्रित लागूऔषध एलएसडी १ हजार पिस र नगद ७ लाख ४० हजार रूपैयाँ सहित भारत केरला घर भएका २८ वर्षीय आयुस अजितलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।      
    
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
काठमाडौं, ३१ वैशाख । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका ५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । 
वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

नक्कली गहना धितो राखी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, ३१ वैशाख । नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका ४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका १ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका ८ बस्ने झापा अर्जुनधारा नगरपालिका ३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् । 
ललितपुरका एक सुनचाँदी व्यवसायीलाई मेरो आमा बिरामी हुनु भएकोले उपचारको लागि रकम आवश्यक परेको र सुन धितो राखी रकम माग गरी नक्कली बिल बिजक बनाई विश्वास दिलाई सुनको लेप लगाएको नक्कली सुन राखी ५ लाख ऋण लिई ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना  समेत बरामद गरेको छ ।

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा, ३१ वैशाख । राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका ३१ बस्ने ४२ वर्षीय प्रबिन्द्र साह गोढलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र ३ करोड १२ लाख ६० हजार ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ३१ वैशाख । नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १५ विजेश्वरी बस्ने ओखलढुंगा लिखु गाउँपालिका ७ घर भएका २३ वर्षीय निरज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ९ महिना कैद सजाय र २० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय नयाँ बसपार्कबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(१५ विजेश्वरीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।     

चोरीमा संलग्न दुई जना पक्राउ
काठमाडौं, ३१ वैशाख । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २६ मितेरी पुल बस्ने सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका(१ घर भएका ४१ वर्षीय पुर्ण बहादुर विक र २८ वर्षीय सुकमान गदार रहेका छन् । 
काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कदेखि सार्बजनिक यातायात चढी बसुन्धारातर्फ जाने क्रममा अपरिचित व्यक्तिहरूको समूहले एक जना व्यक्तिको नगद ४५ हजार रूपैयाँ चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका(२६ सामाखुसीबाट पक्राउ गरेको हो ।