
लागूऔषध सहित २२ जना पक्राउ
काठमाडौं, २९ वैशाख । मकवानपुर, बकैया गाउँपालिका ७ हर्दाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ५ ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय बिजय भोलन, २३ वर्षीय विशाल लोप्चन, सोही गाउँपालिका ३ बस्ने ३४ वर्षीय संजिव लामा र बारा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले बिजयको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका ६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका ५ नयाँ बस्ती बस्ने २० वर्षीय अनिल विक र बाँके कोहलपुर नगरपालिका १२ चपरगौरी बस्ने १९ वर्षीय पवन पुन मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले फुटाहाबाट मैनापोखरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका(६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका ६ बस्ने २६ वर्षीय दावा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका ५ माझी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिक ५ बस्ने २५ वर्षीय अकेस माझी, २९ वर्षीय अर्जुन माझी र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका ४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका ६ बस्ने २९ वर्षीय मुकेश महतोलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका ४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका ६ बस्ने २१ वर्षीय समिर राई र सोही नगरपालिका ४ बस्ने ३४ वर्षीय शक्ति राई रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २८ प ९०९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका ४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित सोही नगरपालिका ७ बस्ने २५ वर्षीय कार्तिक कुमार मण्डललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ४२ मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका ७ बस्ने ३४ वर्षीय संजय साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका ८ बदला चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका १ बस्ने २५ वर्षीय बिष्णु कठायत र सोही नगरपालिका(१० बस्ने १९ वर्षीय धर्मेन्द्र शाह रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गौरीगंगा नगरपालिका ८ चमारीपुर बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका(११ तुल्सी मार्ग डेरा गरी बस्ने लम्जुङ घर भएका २९ वर्षीय सागर थापा मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र टापेन्टाडोल १४ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका १९ दुईखोली टोल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित रोल्पा माडी गाउँपालिका(४ तालावाङ बस्ने २० वर्षीय कमल डाँगी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले भे।२ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका ४ बेलारी बस्ने ५२ वर्षीय तारा बहादुर क्षेत्रीलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं, २९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका ७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका(४ बस्ने टोखा नगरपालिका ९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका(९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका ३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका(९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका(८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् ।
पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका ९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका ४ तथा विकासलाई काठमाडौं महानगरपालिका(७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका २६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका ८ बाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
करिब ४ सय ४९ किलो गाँजा बरामद
सुनसरी, २९ वैशाख । धरान उपमहानगरपालिका १३ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ४० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको को १ च ७३५९ नम्बरको एम्बुलेन्स तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार एम्बुलेन्स चालकको खोजी गरिरहेको छ ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका ४ पत्राङबारीबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम सोमबार साँझ प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीलाई देख्नासाथ धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र १ ०१ ०१५ प ७५०७ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित आठ जना पक्राउ
काठमाडौं, २९ वैशाख । ललितपुर, ललितपुर महानगरपालिका २८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका २४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका(१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट अवध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम र नगद १९ हजार ३ सय ५० रूपैयाँ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ सर्रा बस्ने २४ वर्षीय करण डाँगी, २३ वर्षीय भरत सुनार, सोही उपमहानगरपालिका १८ फुर्सेकाली बस्ने १९ वर्षीया बिमला बुढा मगर र सोही उपमहानगरपालिका १५ स्वर्गद्वारी टोल डेरा गरी बस्ने प्युठान घर भएका २१ वर्षीय देबका थापा क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका १५ नवबिहानी टोलस्थित घोराही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय शकंर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका ११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित बराहताल गाउँपालिका ९ फिनिकाँडा बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कैलाली, २९ वैशाख । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका ११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


