Advertisement Banner
Advertisement Banner

२९ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

कतै पक्राउ, कतै तालिम

२९ मंगलबार , बैशाख २०८३३ घण्टा अगाडि

कतै पक्राउ, कतै तालिम

सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम शुरू
काठमाडौं, २८ वैशाख । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १७ औं समूहको सवारी चालक उन्नत )यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । 
प्रहरी नायव उपरीक्षक ई। अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, २८ वैशाख ।  काठमाडौं, तारकेश्वर नगरपालिका ४ लोलाङ हरियाली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ३२ ट्याब्लेट, डिजिटल तराजु १ थान र नगद ८६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २० वर्षीय सागर तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका १ कालुपाण्डेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ बस्ने २२ वर्षीय परिन लामा र काठमाडौं मनामैजु बस्ने गोरखा घर भएका १९ वर्षीय रमेश सुर्खेती रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका(६ धर्मस्थली बस्ने रसुवा नौकुण्ड गाउँपालिका २ घर भएकी २३ वर्षीया मिना तामाङलाई अवैध लागूऔषध गाँजा ३ सय ३० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं महानगरपालिका ३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्र खड्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
बर्दिया, बढैयाताल गाउँपालिका ८ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका १२ भैसही बस्ने १९ वर्षीय निर्मल थारू र २४ वर्षीय सरोज बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको शिवरात्रीपुरबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
यसैगरी बर्दिया, गुलरिया नगरपालिका(११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका(२ पितमारी बस्ने २० वर्षीय सुनिल सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बजारबाट गणेशपुरतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
मोरङ, कानेपोखरी गाउँपालिका(६ शिवशक्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रज्वल राई समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बाँके, बैजनाथ गाउँपालिका ५ बनकटवा बस्ने ३० वर्षीय गोबिन्द चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ३ लाख ९५ हजार ८ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 
झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका ३ धरान बस्ने ४३ वर्षीय राकेश परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका ६ भानुटोल बस्ने २४ वर्षीय नविन दर्नाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
पर्सा, वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बहदुरामाई नगरपालिका ६ गमहरिया टोल बस्ने २९ वर्षीय बिरजु साह तुरहालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना।२१ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
ललितपुर, ललितपुर महानगरपालिका २८ समल टोल डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका ५ घर भएका २८ वर्षीय सुमन तामाङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
सुनसरी, २८ वैशाख । धरान उपमहानगरपालिका १० बेलगाछी बस्ने २७ वर्षीय जिवन भुजेलको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका १९ खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जिवन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जिवनको विराट नर्सिङ होम विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नवलपरासी पश्चिम, २८ वैशाख । २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका १५ शिवालय टोल बस्ने २० वर्षीय केशब सुनारी मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
केशबले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।