Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

Police Leadership and Staff Course समुद्‍घाटन

२९ मंगलबार , बैशाख २०८३४ महिना अगाडि

Police Leadership and Staff Course समुद्‍घाटन

काठमाडौं, २८ वैशाख । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 02) को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक कार्कीले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीलेMasters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course प्रहरी संगठनको संस्थागत विकास तथा आधुनिकीकरण एवम् नेपाल प्रहरीको व्यावसायिक रूपान्तरणमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समाजमा देखापरेका विभिन्न नवीनतम् चुनौतीहरूको सम्बोधनको लागि सक्षम नेतृत्व तयार गर्न समेत यो कोर्स महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो ।  
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा।डा।महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य एवम् Police Leadership and Staff Course सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । 
    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, MPSका सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।