Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

लागूऔषध सहित विभिन्न स्थानबाट २२ पक्राउ

२८ सोमबार , बैशाख २०८३९ घण्टा अगाडि

लागूऔषध सहित विभिन्न स्थानबाट २२ पक्राउ

काठमाडौं, २७ वैशाख । दाङ, तुलसीपुर उपमहानगरपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका(९ दोघरे बस्ने २० वर्षीय धन बहादुर खत्रीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु।प्र।०२(००२ प ४३८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
कैलाली, भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ९० मिलिग्राम सहित जानकी गाउँपालिका ७ बस्ने ३० वर्षीय रामकृष्ण थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, जानकी गाउँपालिका(१ गुजरूवा चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका ५ पथरैया बस्ने २६ वर्षीय असोक चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका २ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ बस्ने २३ वर्षीय भुवन ऐरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कञ्चनपुर, भीमदत्त नगरपालिका १३ बडैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय विक्की कुवँरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका ४ घ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका १ पशुपतीटोल बस्ने ३८ वर्षीय मो।मोविन कुरैसी र ३२ वर्षीय सलिम कुरैसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट आईबिआरडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका युपि ३१ एल ७८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका ५ स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित फार्मेसीका संचालक सोही नगरपालिका ६ बस्ने ४८ वर्षीय सुरेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 
पर्सा, वीरगंज महानगरपालिका १६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४२ ट्याब्लेट, स्पास्मो ११ ट्याब्लेट र नगद ४९ हजार रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका २ छप्कैया बस्ने ३५ वर्षीय ओसिम ठकुराई, मकवानपुर हेटौँडा उपमहानगरपालिका १० बस्ने ३७ वर्षीय राजु बानिया र बारा कलैया उपमहानगरपालिका ६ बस्ने ५२ वर्षीय अलिहदन मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी पर्सा, वीरगंज महानगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३७ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका ७ कमाने टोल बस्ने २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बमजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बा ८६ प २१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
झापा, भद्रपुर नगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० बस्ने ३३ वर्षीय पवन खड्का र सोही नगरपालिका ८ बस्ने ३२ वर्षीय रूमिलुङ राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, कनकाई नगरपालिका ३ सुरूङगा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय कुर्वान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका ६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका ९ बस्ने ३७ वर्षीय बिशाल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
मोरङ, कानेपोखरी गाउँपालिका ६ नमुना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीया सुस्मिता लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
महोत्तरी, बर्दिबास नगरपालिका १ बाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ४३ ट्याब्लेट सहित धनुषा मिथिला नगरपालिका ३ लालभिती बस्ने २१ वर्षीय दिपक विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा. १४ प २१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका १६ गणेशमान चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(११ बस्ने ३१ वर्षीय साइवक सारू मगर र सोही उपमहानगरपालिका १६ बस्ने २२ वर्षीय पवन राई रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  
बर्दिया, बाँसगढी नगरपालिका ५ बाँसगढीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित 
सोही नगरपालिका ५ रामपुर बस्ने १६ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।