Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सत्ता साझेदार कांग्रेस हो कि एमाले?

०८ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

अख्तियार प्रमुख लोकमान सिंहविरुद्धको महाभियोग प्रस्तावमा सघाउन आग्रह गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता साझेदार कांग्रेस हो कि एमाले? भनेर प्रश्नमात्र गरेनन्, संवैधानिक अंगका प्रमुखलाई महाभियोग लगाउने जस्तो गम्भीर कुरामा सत्ता साझेदारसँग एकपटक सल्लाह गर्न, जानकारी दिनसमेत किन कञ्जुसी गरियो? भनेर प्रश्न गरेको देउवा निकट स्रोतले बताएको छ। 
यो भन्दा पनि गम्भीर आरोप लगाउँदै देउवाले प्रमुख विपक्षसँग हातेमालो गरेर हिड्ने फुर्सद हुने, सत्ता साझेदारसँग छलफल गर्न नहुने कारण के हो? भनेपछि प्रधानमन्त्री दाहाल अक्क न बक्क भएका थिए र आइन्दा यस्तो नहुने र सत्ता साझेदारप्रतिको आफ्नो कर्तव्य पूरापूर निभाउने बचन दिएका छन्। एमाले र माओवादीवीचको साँठगाँठका कारण महाभियोग प्रस्ताव हवाई फायर सावित हुने र लोकमान सिंहले राजीनामा गर्ने वातावरण कांग्रेसले बनाइदिएर यो प्रकरणमा फूलस्टप लगाइदिने सम्भाबना विकास हुन थालेको धेरैको ठहर छ। 
दिल्ली र लैनचौर दरवारबाट पटक पटक दबाब आइरहेको र कांग्रेससँग विश्वासको संकट उत्पन्न भएकाले दाहाल र ओलीवीचको जस कसले लिने भन्ने विषयमा विवाद बबाल साम्य नहुँदै कांग्रेसले यी दुवै कम्युनिष्टको षडयन्त्रलाई पानी पानी पारिदिने चर्चा पनि बढेर गएको छ। कांग्रेसी लाइनले काम गर्‍यो भने प्रचण्ड कटवाल काण्डमा झैं कार्की प्रकरणमा पनि नैतिक    बाँकी ७ पृष्ठमा  संकटमा पर्नेछन्। सबैलाई थाहा छ, अव दाहाल अनुभवी भइसके। पहिलाजस्तो सत्ताप्रति खेलाचीभाव राख्नेछैनन्। एकपटक सत्ता गुमाउँदा ८ वर्षको समय कुर्नुपर्‍यो। भारतका सामु झण्डै लम्पसार नै परेर सम्बन्ध सुधार्नु पर्ने वाध्यता पनि दाहालले भोगेका छन्। यसकारण प्रम दाहाल जसरी पनि सत्ता टिकाउन र आगामी चुनावमा आफूलाई जनादेशप्राप्त नेताका रुपमा इज्जतिलो स्थितिमा पुर्‍याउन चाहन्छन्।

यसका लागि प्रचण्डले एमाले र कांग्रेस दुबैसँग मित्रता राख्न जरुरी छ। लोकमान प्रकरणले रिसाएको एमालेसँग सम्बन्ध सुधारिदिएको छ, यहीकारण कांग्रेससँग कट्टी नहोस्, फुकी फुकी कदम चालिरहेका छन्।