Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

सामुदायिक बन उपभोक्ता प्रतिनिधिहरुलाई सुशासन अभिलेखिकरण तथा लेखा तालिम

२५ शुक्रबार , बैशाख २०८३४ महिना अगाडि

सामुदायिक बन उपभोक्ता प्रतिनिधिहरुलाई सुशासन अभिलेखिकरण तथा लेखा तालिम

बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधिहरुलाई सुशासन अभिलेखिकरण तथा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । 
डिभिजन बन कार्यालय बाँकेको सहयोगमा बास नेपालले सो तालिम प्रदान गरेको हो । 
नरैनापुरमा रहेका १७ वटा सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारी, प्रतिनिधि गरि ४५ जनाको सहभागिता रहेको सो तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सुशासनका बिभिन्न आधारभुत तत्वहरुका बारेमा प्रशिक्षण दिएका थिए भने डिजिभन बन कार्यालय बाँकेका बरिष्ठ बन अधिकृत सुसिल सुबेदीले लेखा प्रणाली, लेखा अभिलेख आदि बिषयमा प्रशिक्षण दिएका थिए । 
बास नेपालकी सहजकर्ता ज्याती बुढाले सञ्चालन गरेको कार्यक्रममा सब डिभिजन बन कार्यालय नरैनापुरका प्रमुख सहायक बन अधिकृत पुष्कर बि.क. ले सब डिभिजन बन कार्यालयले प्रबाह गर्ने सेवा, सुबिधा बारे जानकारी गराएका थिए । 
तालिमका सहभागिहरुले तालिम प्रभावकारी भएको बताएका थिए ।

हेमराज भट्ट
सूचना अधिकारी, बास नेपाल