
अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं, २४ वैशाख । इलाम, सूर्योदय नगरपालिका १ गोर्खेबाट अवैध लागूऔषध गाँजा ५ सय ८ ग्राम सहित सोही नगरपालिका(१ कमरे टोल बस्ने २३ वर्षीय राहुल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोर्खेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका ११ बनकट्टीबाट नियन्त्रित लागूऔषध फेनारगन ९० एम्पुल र डाइजेपाम ९० एम्पुल सहित दाङ घोराही उपमहानगरपालिका १४ बस्ने २८ वर्षीय रबिन बुढालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले बुटवलदेखि दाङतर्फ जाँदै गरेको लु १ ज ४९३६ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ
रोल्पा, २४ वैशाख । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान कालिमाटी गाउँपालिका ५ हात्तीदमार बस्ने ४४ वर्षीय धिरज भन्ने धन बहादुर कामी, कैलाली लम्कीचुहा गाउँपालिका २ बलचौर बस्ने २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन् ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
रूकुम पूर्व, २४ वैशाख । भुमे गाउँपालिका २ गावाङ गाउँस्थित गोरेटो बाटो नजिकै रहेको ओढारबाट भरूवा बन्दुक ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, २४ वैशाख । चितवन, भरतपुर महानगरपालिका ९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका ९ बस्ने २५ वर्षीय पुजन दराई, सोही महानगरपालिका २७ बस्ने २६ वर्षीय प्रबेश गुरूङ र २९ वर्षीय सन्तोष गुरूङ रहेका छन् । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २६ वर्षीय नैनुदिन अन्सारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका ४ मिलन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८६ ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(८ बस्ने २७ वर्षीय बासुदेब खड्का र २५ वर्षीय दुर्गा बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पथरी समेतबाट खटिएको प्रहरीले बा ९७ प ६०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका ४ बस्ने २२ वर्षीय निकेस माझीसँग खरिद गरेको भन्ने खुल्नआएपछि निकेसलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङ, फुङलिङ नगरपालिका २ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(२ बस्ने २० वर्षीय ज्ञानेन्द्र लिम्बु, २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले यमराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका ११ रतनपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो ४ सय १० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका १८ बस्ने २० वर्षीय धर्मराज रामलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्बरपुरबाट तामागढीतर्फ आउँदै गरेको प्र।२ ०३ ०१६ प ३९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं, २४ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका १४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका १४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका ४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।
पक्राउ मध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं किर्तीपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका २९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका १४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका ४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका ३ बाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
लुटपाट तथा चोरीमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, २४ वैशाख । लुटपाट तथा चोरीमा संलग्न रही फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने ३२ वर्षीय हरिकृष्ण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २४ ईन्द्रचोकस्थित नैना एण्ड इशान ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ४ इमाडोलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २४ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका ७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज भन्ने मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका ७ शिखरपुरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, २४ वैशाख । दाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका ४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जुम्ला, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पातारासी गाउँपालिका ५ जफना गाउँ बस्ने ४१ वर्षीय दत्त बहादुर बुढालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दत्त बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
म्याग्दी, २४ वैशाख । धवलागिरी गाउँपालिका ४ वगरस्थित जंगलबाट भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


