
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौं, १७ वैशाख । झापा, दमक नगरपालिका ९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका ९ बस्ने ३७ वर्षीय मन कुमार लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका ४ बस्ने २५ वर्षीय बिनोद जोगीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ४ हजार २ सय रूपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका २ बस्ने ३० वर्षीय सन्तोष राई, बाह्रदशी गाउँपालिका ६ बस्ने ३२ वर्षीय पुरण राई, ताप्लेजुङ फुङलिङ नगरपालिका २ बस्ने ३० वर्षीय अशिम राई र कनकाई नगरपालिका ४ बस्ने २३ वर्षीय संदिप श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका ९ शान्ति चोक बस्ने ३३ वर्षीय हरी श्रेष्ठलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद २८ हजार ३ सय रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने ४१ वर्षीय किरण भन्ने श्याम कुमार तामाङ र कनकाई नगरपालिका १ बस्ने ३८ वर्षीय पुकार बराल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका ९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका ९ बस्ने ३७ वर्षीय मन कुमार लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका १० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका ११ बडैपुर बस्ने २९ वर्षीय रबिन बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले युके ०३ टिए ७७२७ नम्बरको कार तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक रबिनलाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका २ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका २ बाणी बस्ने २३ वर्षीय मनिष थापा र बेलडाँडी गाउँपालिका ५ झिलमिला बस्ने २५ वर्षीय मनोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ५ लब्ली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय बिरेन्द्र कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका १ बस्ने ४४ वर्षीय सुरेन्द्र चौधरी, ३० वर्षीय भुवन कठरिया र २१ वर्षीय प्रसन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका ५ गुलरियाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका ४ बस्ने २० वर्षीय करन विक र २६ वर्षीय चन्दरे टमट्टा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु प प्र ०१ ०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका ६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही गाउँपालिका २ फुटाह बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइली मिलन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय खेमराज कठायत र २४ वर्षीय हिमाल जंग शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका १० बाट ःभतजथभिलभमष्यहथmभतजबmउजभतबmष्लभ ९ःम्ःब्० सिन्थेटिक ड्रग्स जस्तो देखिने पदार्थ २ सय ८ ग्राम २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुस्ता गाउँपालिका ५ बस्ने ३३ वर्षीय इस्तकार हुसैन र बर्दघाट नगरपालिका १० बस्ने ६१ वर्षीय धनलाल चापागाई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं, १७ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाल्पा रैनादेवी छहरा गाउँपालिका ६ घर भएका ४५ वर्षीय हिमहरी अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हिमहरीले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(११ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
सार्वजनिक शान्ति विरूद्धको कसुरमा संलग्न पक्राउ
काठमाडौं, १७ वैशाख । सार्वजनिक शान्ति विरूद्धको कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ६ बस्ने झापा अर्जुनधारा नगरपालिका ११ घर भएका ४५ वर्षीय देवी प्रसाद संग्रौलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल तथा निग्रानी अनलाईन टिभि मार्फत विभिन्न जिल्लाहरूको भ्रमण गरी ताँहा रहेका विभिन्न वित्तिय संस्थाबाट ऋण लिएको मानिसहरूलाई भेला जम्मा गरी गराई बैंक तथा वित्तिय संस्थाले रकम माग गरेमा, वित्तिय संस्थाबाट कुनै पनि कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु भन्ने व्यहोराको विभिन्न किसिमका भड्किलो अभिव्यक्तिहरू दिई अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्ने समेतका कार्यमा संलग्न देवी प्रसादलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ९ एयरपोर्ट गेटबाट पक्राउ गरेको हो ।
उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १७ वैशाख । जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी बाग्लुङ गल्कोट नगरपालिका ९ मल्म घर भई नवलपरासी पुर्व गैंडाकोट नगरपालिका १२ हर्कपुर बस्ने ३१ वर्षीय संजय विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
२०८० मंसिर ५ गते तनहुँ भिमाद घर भई कास्की पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको होटलमा लगि जबरजस्ती करणी गरी हत्या गरी फरार भएको घटनामा विकलाई प्रहरीले २०८१ साउन १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उक्त मुद्दामा जन्म कैदको फैसला भई कारागारमा चलान भएकोमा २०८२ भाद्र २४ गतेको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट भागी फरार रहेको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(७ चावहिलबाट पक्राउ गरेको हो ।
साथै २०८२ चैत २२ गते नवलपरासी पूर्व देवचुली नगरपालिका १६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाई उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट भएको र घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।
विद्युतीय कारोबार अन्तर्गत कसुर गरेको अभियोगमा पक्राउ
काठमाडौं, १७ वैशाख । e-Government Procurement मा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा आशिष निर्माण सेवा प्रालिका संचालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार बस्ने चितवन रत्ननगर नगरपालिका १२ ठेगाना भएका ७० वर्षीय ऋषि केश गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ पुरानो वानेश्वरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि केशले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेक्काहरूको विवरण हेरफेर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको खुल्न आएको छ । उनी उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ ।
साथै उक्त मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायीहरु समेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली, १७ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका ११ ओलानी बस्ने ५९ वर्षीय काले कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले उक्त मुद्दामा ७ वर्ष १ महिना १४ दिन कैद सजाय ठहर भई २०५६ असार ११ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका ११ गौडी बजारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।
भरूवा बन्दुक बरामद
संखुवासभा, १७ वैशाख । चैनपुर नगरपालिका ११ लोहाकोटस्थित ओढारबाट भरूवा बन्दुक १ थान र बारूद करिब ५० ग्राम बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


