Advertisement Banner
Advertisement Banner

०४ सोमबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

जापानी राजदूतको सहकार्यको सकृयता

१५ मंगलबार , बैशाख २०८३२० दिन अगाडि

जापानी राजदूतको सहकार्यको सकृयता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतम र जापानी राजदूत तोरुबिच भेटवार्ता भएको छ । जापानी राजदूतले कानुन परिमार्जनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । जापान नेपालको कुनै पनि समस्या नरहेको मित्रराष्ट्र हो । जापानले नेपालको विकास निर्माण र जनहितका आयोजनाहरुमा विशेष सहयोग गर्दै आएको छ । जापान नेपाली विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्य र रोजगारीका लागि पनि आकर्षक मुलुक बनेको छ ।
वैशाख १० गते भएको यो भेटमा मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेटघाट गर्नु भए पनि दुवैदेशवीचका सम्बन्ध, सहयोगका क्षेत्रहरुमा पनि वार्ता भएको थियो । महामहिम राजदूत तोरुले मन्त्री गौतमको कार्यकालको सफलताको शुभकामना दिँदै दुबै देशको मैत्रीभावलाई अझ बढी उचाईमा पु¥याउन काम गर्न सकिने बताउनु भएको थियो । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूतबिच नेपाल र जापानबिचको द्विपक्षीय सम्बन्ध, कानुन सुधारका क्षेत्रमा भइरहेका प्रयास र आगामी सहकार्यका विषयमा छलफल भएको र फेरि फेरि पनि छलफल गरेर अघि बढ्न सकिने सहमति भएको मन्त्रालय स्रोतले बताएको छ ।
जापानले नेपालको कानुन सुधारका क्षेत्रमा विगतदेखि सहकार्य र सहयोग गर्दै आएको छ र जापानी राजदूतले आगामी दिनमा पनि भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विशेषगरी बदलिँदो विश्व परिवेशमा सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगलाई नियमन गर्न उपयुक्त कानुनी संरचना आवश्यक रहेको विषय नेपाल र जापानले महत्व दिएका थिए ।
मन्त्री गौतमले प्रविधिमैत्री कानुन निर्माणमा सहकार्यका थप क्षेत्रहरू पहिचान गर्न नेपाल इच्छुक रहेको बताउनुभयो भने जापानी राजदूतले जापान सरकारलाई आवश्यक पर्ने कुनै पनि विषय वा कानुनी जटिलता भएमा छलफलका लागि नेपाल सधैँ खुला रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
जापानी राजदूत तोरुले नेपालको कानुनी क्षेत्रको सबलीकरण र प्रविधिमैत्री कानुन निर्माणमा जापानआवश्यक सहयोग र समन्वय गर्न सदैव तत्पर रहेको जनाउ दिंदै दुबै देशको मित्रता नै सम्बन्धको आधार बताउनुभयो ।