Advertisement Banner
Advertisement Banner

१३ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

हुकुमवासी तितरबितर, सुकुमवासीलाई सरकार

१३ आइतबार , बैशाख २०८३७ घण्टा अगाडि

हुकुमवासी तितरबितर, सुकुमवासीलाई सरकार

राजधानीका सुकुमवासी बस्ती खाली भए, हुँदैछन् । सुकुमवासीलाई नागार्जुनमा राखिदैछ । सुकुमवासी समस्या सदाका लागि के के गर्नुपर्छ, बालेन सरकार होमवर्कमा जुटेको छ ।
सुकुमवासी हुँ भन्नेहरुमा अधिकांशको जग्गाजमिन भएको देखिएको छ । जो वास्तवमै सुकुमवासी हुन्, तिनका लागि सरकार छ भन्ने अनुभूति दिलाउन बालेन सरकार र रास्वपा कामगरिरहेको देखिन्छ ।
हाललाई ७० सालमा बनाइएको नागर्जुनको सरकारी भवनमा सुकुमवासीलाई राख्नका लागि सरसफाइ, रंगरोगन, ट्वाइलेट, पानी, बत्तीको बन्दोबस्त गरिदैछ । ५ दले यी भवनमा ४२ कोठा छन् रहेका छन् ।
बालेन सरकारले नेपालमा सुकुमवासीलाई भोट बैंंकका रुपमा प्रयोग गर्ने गरिएकोमा अब यो समस्या नै समाधान हुने बताएको छ ।
बालेन सरकारले सुकुमवासीलाई आतंकित पारेको विभिन्न राजनीतिक नेताहरुले आरोप लगाए पनि यथार्थमा वास्तविक सुकुमवासीले सरकारको साथ दिएका छन् । सुकुमवासीहरु हुकुमवासीबाट पीडित भएको र अब स्थायी रुपमा बसोबास हुनेमा विश्वस्त देखिएका छन् ।