Advertisement Banner
Advertisement Banner

१३ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

लागूऔषध र हतियार नियन्त्रण गर्दै

१३ आइतबार , बैशाख २०८३८ घण्टा अगाडि

लागूऔषध र हतियार नियन्त्रण गर्दै

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
काठमाडौं, १२ वैशाख । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित मनहरा किनार नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट र नगद ६८ हजार २ सय रूपैयाँ सहित काठमाडौं जडीबुटी बस्ने दोलखा मेलुङ गाउँपालिका ४ घर भएका १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, टीकापुर नगरपालिका १ ब्लक नम्बर १२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(८ सिम्ताली चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ सय ३८ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने जाजरकोट घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी प्रहरीले सोही नगरपालिका ४ भैरवस्थान बस्ने २० वर्षीय विपिन शाहीको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ ५ ग्राम १० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । 
कपिलवस्तु, बुद्धभुमि नगरपालिका ९ सातबास बस्ने ४२ वर्षीय कृष्ण विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १८ किलो २ सय ५५ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 
    सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम र नगद ११ हजार ८ सय २० रूपैयाँ सहित दुहवी नगरपालिका(९ छाताबेली बस्ने ३४ वर्षीय मो। साविर मियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले को ६ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    दाङ, घोराही उपमहानगरपलिका(१५ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका २ खलीबाङ बस्ने २० वर्षीय भास्कर कुँवर र २३ वर्षीय भरत डाँगी रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद
सुर्खेत, १२ वैशाख । बराहताल गाउँपालिका(१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
   
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
काठमाडौं, १२ वैशाख । काठमाडौं महानगरपालिका ४ सुकेधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ३ सय मिलिग्राम सहित मोरङ विराटनगर महानगरपालिका(१ घर भएका ३७ वर्षीय समिर श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी काठमाडौं महानगरपालिका १४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९८ ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित काठमाडौं बल्खु बस्ने काभ्रे चौरीदेउराली घर भएका २० वर्षीय अविशेख पहरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
जाजरकोट, भेरी नगरपालिका ४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने सोही नगरपालिका २ घर भएका २४ वर्षीय प्रेम खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    इलाम, सूर्योदय नगरपालिका ११ कालापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २ हजार १ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विवेक राई र २७ वर्षीय उदित राई रहेका छन् । प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ५ मेचीबिट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका ७ अन्जली मोड बस्ने २८ वर्षीय कन्चन राजबंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका ५ भन्सार मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मेचीनगर नगरपालिका(१० नमुना टोल बस्ने २६ वर्षीय गुलाम रसुल मियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी झापा, भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ४ सुन्दरपुर बस्ने २१ वर्षीय रोहित शर्मा र सोही नगरपालिका(४ सुकुम्बासी टोल बस्ने ४३ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी झापा, शिवसताक्षी नगरपालिका १ डाँडागाउँ बस्ने २६ वर्षीय सुदिप बिशुङ्खेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र डिकोलिक १ सय ५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
यसैगरी झापा, भद्रपुर नगरपालिका ५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० अन्जलीमोड बस्ने ३२ वर्षीय राजु कुमार राजबंशी, अर्जुनधारा नगरपालिका ८ शनिश्चरे बस्ने २० वर्षीय सलुन रसाईली र बिर्तामोड नगरपालिका(३ बिर्ताबजार बस्ने २७ वर्षीय पारस प्रसाई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका ८ गाउजी अमर सामुदायिक बनको गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ बस्ने २० वर्षीय प्रेम कार्की र  भीमदत्त नगरपालिका ३ बस्ने २३ वर्षीय बिशाल बिष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका ११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका ६ बस्ने ३१ वर्षीय राम धानुकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका १८ गोबरैया नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीया अमृता खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
रूपन्देही, बुटवल उपमहानगरपालिका १५ गोब्रैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय भविन्द्र रोका र २३ वर्षीय दिलिप थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, सैनामैना नगरपालिका ५ बुद्धनगर बस्ने २३ वर्षीय एलिश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  
मोरङ, विराटनगर महानगरपालिका १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८० मिलिग्राम सहित बेलबारी नगरपालिका ४ बस्ने ३४ वर्षीय मन कुमार राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका २ बिसौनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही गाउँपालिका २ बस्ने २१ वर्षीय बिनोद पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरीले नेपालगंजबाट रूकुम पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ७७१० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
दाङ, घोराही उपमहानगरपालिका ५ सितलपुर गुलरी पाखास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्राम र नगद ४ हजार ३ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय अंकित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा १ प ७०४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
बर्दिया, बढैयाताल गाउँपालिका ६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका ६ नयाँबस्ती घर भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका ६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका १ कौशिलानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय सन्तोष पोख्रेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
कास्की, पोखरा महानगरपालिका ५ प्रस्र्‍याङ नौलो घुम्ती डेरा गरी बस्ने बाग्लुङ घर भएका २५ वर्षीय विपिन नेपालीलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १७ एम्पुल, फेनारगन १ सय १७ एम्पुल र डाईजेपाम १ सय १७ एम्पुल सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
कैलाली, घोडाघोडी नगरपालिका १० पहलमानपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय शंकर भट्ट समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, टीकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका ५ कान्छी बजार बस्ने २५ वर्षीय जिबन भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, इनरूवा नगरपालिका ४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित इनरूवा नगरपालिका(७ बस्ने २२ वर्षीय श्रवण कुमार उरावलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      
    धनुषा, गणेशमान चारनाथ नगरपालिका २ राधापुरबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५० ट्याब्लेट र स्पास्मो २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित दुई जना पक्राउ
काठमाडौं, १२ वैशाख, शंखरापुर नगरपालिका ५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका ३ घर भएका ३५ वर्षीय राम भन्ने जिवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।  उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जिवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जिवनको सुस्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । 
प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं, १२ वैशाख, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ बस्ने पाल्पा घर भएका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रे बनेपा बस्ने काभ्रे रोशी गाउँपालिका ११ घर भएकी २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौं महानगरपालिका १६ बस्ने नवलपरासी पूर्व घर भएका २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, काठमाडौं नागार्जुन नगरपालिका १ बस्ने लमजुङ घर भएका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ,  सिर्जनाले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिलन र सिर्जनालाई काठमाडौं महानगरपालिका १२ बाट, अकिनलाई काठमाडौं महानगरपालिका १६ बाट, निशालाई काठमाडौं महानगरपालिका २ बाट, राजेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका(१ बाट र सागरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बाट  पक्राउ गरेको हो ।  
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।