Advertisement Banner
Advertisement Banner

१० बिहिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

खैरो हेरोइन सहित चार जना पक्राउ

१० बिहिबार , बैशाख २०८३४ घण्टा अगाडि

खैरो हेरोइन सहित चार जना पक्राउ

काठमाडौं, ९ वैशाख । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ८ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३२ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका ९ घर भएका २८ वर्षीय मनिक तामाङ, महोत्तरी बर्दिबास नगरपालिका ८ घर भएका ३४ वर्षीय मनोज लामा र सिराहा मिर्चैया नगरपालिका ५ घर भएका ३४ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कैलाली, लम्कीचुहा नगरपालिका १ रोरा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय तिलक राज बजगाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।