Advertisement Banner
Advertisement Banner

१० बिहिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

पाँच बुद्धे प्रतिबद्धताका साथ जानकीमा सार्बजनिक सुनुवाई

१० बिहिबार , बैशाख २०८३२ घण्टा अगाडि

पाँच बुद्धे प्रतिबद्धताका साथ जानकीमा सार्बजनिक सुनुवाई

मिति २०८३ बैशाख ९ गते, नेपालगञ्ज पाँच बुद्धे सार्बजनिक प्रतिबद्धताका साथ जानकी गाउँपालिकाले आज सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज जानकी गाउँपालिकाको परिसरमा आयोजित गाउँपालिकाले आर्थिक बर्षको दोश्रो चौमासिक भित्र प्रदान गरेका सेवा सुबिधाको प्रभावकारिताको बिषयमा गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता ब्यक्त गरिएको हो ।
प्रस्तुत प्रतिवद्धताहरुमा शैक्षिक अनुदान तथा शैक्षीक सुधारका कार्यक्रमलाई थप व्यवस्थीत र पारदर्शि बनाउँदै लैजाने, पालिकाको स्थानिय पाठ्यक्रममा स्थानिय भाषा समावेश गर्ने, जानकी गाउपालिका वडा नम्वर ३ मा रहेको गौशालालाई व्यवस्थीत गर्दै लैजाने, वडा  नम्बर ३ वन्जाडे गाउँमा कृषि सिचाईका लागि बिद्युत पोल राख्नकालागि प्राप्त भएको निबेदन उपर हाल सम्म कार्बाही नभएको पाईएकाले आबश्यक्ताको आधारमा बैशाख मसान्त सम्म पोल जडानको पहल गर्ने, नम्वर ४ मा देखीएको खानेपानी समस्या समाधानका लागी कार्यविधि अनुरूप स्थानियहरुको निवेदन पेश भई आएमा समाधान गर्ने, पालिका मार्फत सञ्चालन हुने लक्षित वर्ग उत्थान कार्यक्रमलाई पारदर्शिता र जवाफदेहीता अभिवृद्धी गर्ने, तथा आगामी आवमा आवस्यकता अनुसार लक्षीत वर्ग उत्थानमा बजेट वढाउँदै लैजाने लगायतका रहेका छन् ।
करिब घण्टा सम्म चलेको खुल्ला छलफलको प्रमुख सरोकारवाला ब्यक्तिको रुपमा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ रहेका थिए भने सरोकारवाला ब्यक्तिको रुपमां जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय का साथै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरु रहेका थिए ।
खुल्ला छलफलमा सहभागीहरुको तर्फबाट अनिल मिश्रा, रसिद अहमद राई, राजन बर्मा, मोहन बिष्ट, कमलेश कुमार मिश्र, रामानन्द तमोली, धर्म गोडिया लगायतले समग्र पालिका भित्र रहेका बिकास निर्माणमा दिलासुस्ती, शिक्षा सवास्थ्य लगायतमा समसया देखी लक्षित बर्ग उत्थान कार्यक्रम समेत प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बिषयमा असन्तुष्टिहरु ब्यक्त गरेका थिए ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले पालिकाले सम्पन्न गरेको प्रगति प्रगरतिबेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्यका साथै नागरिक प्रतिबेदन र बहिर्गमन प्रतिबेदन प्रस्तुतबास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए । बास नेपालका निर्देशक हेमराज भट्टले साझा सार्बजनिक प्रतिबद्धता प्रस्तुत गरेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।