
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
काठमाडौं, ७ वैशाख , काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध कोकिन ३३ ग्राम, खैरो हेरोइन ७९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित ११ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले गोरखा पालुङटार नगरपालिका ९ ठेगाना भएका २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका ९ ठेगाना भएका ३१ वर्षीय विवेक गौतम, भारत भुपालपुरा थाना २९ ठेगाना भएका २७ वर्षीय हर्षित डाँगी र भारत राजस्थान जयपुर आदर्शनगर थाना ठेगाना भएका ३९ वर्षीय मानिक गुलाटीलाई अवैध लागूऔषध कोकिन ३३ ग्राम सहित पक्राउ गरेको हो । यसैगरी इलाम देउमाई नगरपालिका ७ ठेगाना भएका २८ वर्षीय सुजन पाख्रिन, झापा झापा गाउँपालिका ४ ठेगाना भएका मिन कुमार चाहार र झापा शिवसताक्षी नगरपालिका ४ ठेगाना भएका ४० वर्षीय आशिष भन्ने भगवती राईलाई अवैध लागूऔषध खैरो हेरोइन ७९ ग्राम सहित पक्राउ गरेको हो । यस्तै नुवाकोट विदुर नगरपालिका ८ ठेगाना भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका २ ठेगाना भएका २२ वर्षीय प्रदिप थापा मगर, नुवाकोट लिखु गाउँपालिका ४ ठेगाना भएका २३ वर्षीय सरोज राई र मनाङ घर भएका २६ वर्षीय सुमन गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका २ सरदार टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ७५ किलो ३ सय ३० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका २ बस्ने ७० वर्षीय लक्ष्मी सरदार, उनकै बुहारी ४२ वर्षीया देवकी सरदार र भारत विहार राज्य अररिया तिन खम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले देवकीको घरमा रहेको पसलबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका ८ लिंक रोडस्थित समर होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित भारत विहार मोतिहारी थाना सिकटा भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०५ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका ७ गल्छी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १७ किलो ४ सय १० ग्राम र चरेस जस्तो देखिने वस्तु २ किलो ५० ग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका ७ बस्ने ३२ वर्षीय संगम श्रेष्ठ, बाँके कोहलपुर नगरपालिका १० बस्ने २० वर्षीय छोटु अन्सारी र बाँके कोहलपुर नगरपालिका(१० बस्ने ३५ वर्षीय साहिद अलि रहेका छन् । प्रहरी चौकी बैरेनी र प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका(३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित जानकी गाउँपालिका २ बडरिया बस्ने २६ वर्षीय राजन ठकुल्लालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ७४५५ नम्बरको मोटरसाइकल चालक राजनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका ११ सिबपुर बस्ने २० वर्षीय लख्खन चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु।प।प्र ०१ ०१० प ७२६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका(३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जोशिपुर गाउँपालिका ७ घैला बौनिया बस्ने ३० वर्षीय तेज बहादुर मौनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका(१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकास शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका ४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २५ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका ५ बस्ने ३७ वर्षीय अजय कुमार लिम्बु, ६२ वर्षीया खदी देवी मुखिया र ३३ वर्षीया सपना कपाली रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका(१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका ६ ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौरा र बेदकोट नगरपालिका(५ बिचफाँटा बस्ने २५ वर्षीय आकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु।प।प्र ०२ ००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका(५ खजुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम ३ सय ३० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका २ बस्ने २८ वर्षीय सुवाश पाण्डेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका २ खानीखोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आँबुखैरेनी गाउँपालिका २ नारीघाट बस्ने २७ वर्षीय राहुल खाती सुनार र सोही गाउँपालिका ३ थुम्की चौतारा बस्ने २५ वर्षीय शोभा गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट र डाइक्लोमाइन ८१ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिका ७ लामाटोल डेरा गरी बस्ने सोही नगरपालिका(७ घर भएका २४ वर्षीय रूपन राई र सोही नगरपालिका ६ बस्ने २१ वर्षीय शिशिर बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका ५ कृष्ण मन्दिर नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित सोही नगरपालिका(५ कार्कीवाडा बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका २० स्थित आयल निगम नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २९ मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका २ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, जानकी गाउँपालिका ६ ओडारपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका २० बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जानकी गाउँपालिका ६ बस्ने २९ वर्षीय राहुल बर्माको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम फेला पारी राहुल तथा लागूऔषध खरिद गर्न आएका नेपालगंज उपमहानगरपालिका २० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय साहरूख खान बेहनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका १४ भवानीपुरबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका ६ बस्ने ३३ वर्षीय अकबर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ
कास्की, ७ वैशाख, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका २६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका(९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका १७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका( ८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् ।
पोखरा महानगरपालिका ८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


