
काठमाडौं, ७ वैशाख, कैलाली, गोदावरी नगरपालिका १ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम ११ मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका ३ पुलबजार बस्ने २७ वर्षीय सागर दासलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ६ किलो १२ ग्राम सहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य बेतिया ३३ बस्ने ३५ वर्षीय सफि आलम, ३० वर्षीय मुकिम मिया, ३३ वर्षीय बिनय ठाकुर र २८ वर्षीय एकवाल मिया रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका ७ टेडिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका १३ राजपुर बस्ने ४० वर्षीय जियालाल रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, माई नगरपालिका ४ सुखानी पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही नगरपालिका ८ बस्ने ४४ वर्षीय सन्तोष कुमार गोलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका १८ खर्कट्टी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६ ग्राम ८ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अनिता रोका मगर, उनकै श्रीमान ४४ वर्षीय नविन कुमार रोका मगर, सोही उपमहानगरपालिका १८ नयाँबस्ती टोल बस्ने ५० वर्षीय खड्क बहादुर पुन र सोही उपमहानगरपालिका १४ बस्ने ४३ वर्षीया कविता घर्ती रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले खड्क बहादुरले प्रयोग गरेको लु प्र ०२(००२ प २३७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
झापा, अर्जुनधारा नगरपालिका ११ बिर्तामोड बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित काठमाडौ चन्द्रागिरी नगरपालिका ५ बस्ने १९ वर्षीय सुमित विश्वकर्मा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


