Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

असामाजिक तत्वहरु पक्राउ

०४ शुक्रबार , बैशाख २०८३१४ घण्टा अगाडि

असामाजिक तत्वहरु पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं, ३ वैशाख, काठमाडौं महानगरपालिका १२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका १९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
सुनसरी, बराहक्षेत्र नगरपालिका(३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट र स्पास्पेन १ हजार ६ सय ९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका ६ बस्ने २७ वर्षीय राज राई र २७ वर्षीय खुसे राई रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स।१० प ४५१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० न्युरेनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित बागमती गाउँपालिका ७ बस्ने २४ वर्षीय संजिब लोप्चनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
बाँके, खजुरा गाउँपालिका २ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय शाहिल भन्ने प्रवेश शाही र ३५ वर्षीय भिम बहादुर थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
ललितपुर, ललितपुर महानगरपालिका ३ कृष्णगल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका १ कुपण्डोल बस्ने चितवन घर भएका २० वर्षीय सिद्धार्थ भुजेल र ललितपुर महानगरपालिका(९ च्यासल बस्ने गोरखा घर भएका २० वर्षीय विशाल दर्जी रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका १ एलएन चोक डेरा गरी बस्ने बैतडी घर भएका २६ वर्षीय बिशाल चन्दलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित भानु नगरपालिका ७ खोरीयापानी बस्ने २७ वर्षीय अमृत गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा।२ ख१४३८ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
मोरङ, विराटनगर महानगरपालिका(१५ दुई नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्राम सहित काठमाडौं महानगरपालिका २६ बस्ने ३१ वर्षीय सयल थापा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
कपिलवस्तु, शिवराज नगरपालिका ६ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका ५ चन्द्रौटा बस्ने २० वर्षीय शाहिल खान र सोही नगरपालिका ३ मदवा बस्ने १९ वर्षीया भिमा सुनार रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले कृष्णनगरबाट चन्द्रौटातर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
ललितपुर, ३ वैशाख, ललितपुर महानगरपालिका ४ बागडोलबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका २१ बस्ने ३२ वर्षीय अमन देउलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका(२३ बस्ने अर्पिता ज्वेलर्सका संचालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई समेत प्रहरीले पक्राउ गरेको छ । 
    गत चैत २६ गते दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका(४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो । साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ 
ललितपुर, ३ वैशाख, ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने ४५ वर्षीय कुल बहादुर श्रेष्ठको मोवाइल सर्भिस सेन्टर पसलमा जुवातास खेलिरहेको अवस्थामा कुलबहादुर समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं, ३ वैशाख, ठगी सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका ७ बस्ने ६२ वर्षीय शान्ति रमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी रहेका छन् । 
    जिल्ला अदालत कास्कीबाट २०८२ चैत ५ गते ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका ७ बाट पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धनकुटा, ३ वैशाख, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद
दैलेख, ३ वैशाख, दुल्लु नगरपालिका १० स्थित गमउडी सामुदायिक वनबाट भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । 
इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।