Advertisement Banner
Advertisement Banner

०२ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

अपराध बढाउनेहरु पक्राउ

०२ बुधबार , बैशाख २०८३४ घण्टा अगाडि

अपराध बढाउनेहरु पक्राउ

करिब २ सय २५ किलो गाँजा सहित दुई जना पक्राउ
सुनसरी, २ वैशाख, बराहक्षेत्र नगरपालिका ६ पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका ६ बस्ने २० वर्षीय बिशेष माझी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको को।३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं, २ वैशाख, काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ६० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय अक्षय कुमारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थाई एयरको उडानद्वारा बैंङककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका २ भुरेलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय भुवन केसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, बर्दगोरिया गाउँपालिका १ टिनबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भजनी नगरपालिका ६ बसाहा बस्ने  २२ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवण कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कैलाली, टीकापुर नगरपालिका २ राजीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रोशन जनालालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    तनहुँ, शुक्लागण्डकी नगरपालिका(३ कवासेटारबाट नियन्त्रित लागूऔषध नोर्फिन १५ एम्पुल, डाइजेपाम १९ एम्पुल र फेनारगन १३ एम्पुल सहित सोही नगरपालिका ४ बस्ने ३५ वर्षीय मार्क श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ । 
    कास्की, पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, नोर्फिन ४ एम्पुल र अवैध लागूऔषध गाँजा १ सय ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका(१७ बस्ने ४२ वर्षीय मनोज आले मगर र सोही महानगरपालिका १४ चाउथे बस्ने २८ वर्षीय सन्देश गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
     ललितपुर, ललितपुर महानगरपालिका २७ चिबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित गोदावरी नगरपालिका १३ लेले बस्ने २२ वर्षीय शिवा भण्डारी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले बा।८४ प १९१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ 
काठमाडौं, २ वैशाख, उदयपुर, उदयपुरगढी गाउँपालिका ६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरूण राई र अरूणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २ वैशाख, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका २ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका २ पानधाराबाट पक्राउ गरेको हो । 
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।

अवैध लागूऔषध गाँजा बरामद 
सुनसरी, २ वैशाख,  इनरूवा नगरपालिका १० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 
इलाका प्रहरी कार्यालय हरिनगरा र प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उक्त स्थानमा को.१ च ३६११ नम्बरको कार छाडी कारमा सवार व्यक्तिहरू फरार भएको अवस्थामा फेला पारी कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । 
प्रहरीले हाल फरार कारमा सवार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।