Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

समाजमा लागूऔषध र अपराध बढ्दैछ

०१ मंगलबार , बैशाख २०८३१४ घण्टा अगाडि

समाजमा लागूऔषध र अपराध बढ्दैछ

अवैध लागूऔषध सहित १६ जना पक्राउ
काठमाडौं, ३० चैत । बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका १० बस्ने २४ वर्षीय सुदिप रैदासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहा बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डुडुवा गाउँपालिका(५ बस्ने ३२ वर्षीय हिरा लाल सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ट्याब्लेट सहित रोल्पा थबाङ गाउँपालिका ९ बस्ने २७ वर्षीय किरण बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो । 
मकवानपुर, मकवानपुरगढी गाउँपालिका ६ सोल्टीमोडबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित हेटौंडा उपमहानगरपालिका १ बस्ने ३० वर्षीय सुजन लामा समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट खटिएको प्रहरीले बुढीचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.३५ प ३७३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 
झापा, गौरीगंज गाउँपालिका ३ गौरीगंज बजारस्थित चौतारी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र गाँजा ६ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ३ गौरीगंज बुधवारे लाईन बस्ने २० वर्षीय रमेश डोम र गौरादह नगरपालिका ८ जुरोपानी बस्ने २१ वर्षीय पुजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यसैगरी झापा, गौरादह नगरपालिका १ चैतु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका १ बस्ने १९ वर्षीय साने भन्ने सुरेन्द्र टुडु, २३ वर्षीय सन्तोष ताजपुरिया र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सिराहा, धनगढीमाई नगरपालिका १० जिरोमाइल चोकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १ सय १० ग्राम सहित धनगढीमाई नगरपालिका ९ चैनपुर बस्ने ३३ वर्षीय राजेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले धनगढी जिरोमाईल बजारबाट सुखीपुरतर्फ जाँदै गरेको को.२ ह ७१९४ नम्बरको अटोमा स.२ प ९१६९ नम्बरको मोटरसाइकल टोचन गरी लैजाँदै गरेको अवस्थामा अटो तलासी गर्दा अटो भित्र बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक राजेशलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ  । 
दाङ, घोराही उपमहानगरपालिका १२ हापुर बस्ने २९ वर्षीय निर्झर केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घर नजिकै झाडीबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 
कञ्चनपुर, बेदकोट नगरपालिका ७ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका(७ भासी बस्ने डडेल्धुरा घर भएका २४ वर्षीय कैलाश कुमार जोशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका ३ तिलकपुर बस्ने ४४ वर्षीय रमेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, ईनरूवा नगरपालिका ४ बस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६५ मिलिग्राम सहित मोरङ केराबारी नगरपालिका ५ बस्ने ३२ वर्षीय बिमल भन्ने खगेन्द्र मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.२ प ९८७९ नम्बरको मोटरसाइकल चालक खगेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ    
कञ्चनपुर, ३० चैत । भीमदत्त नगरपालिका १८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 
यसैगरी भीमदत्त नगरपालिका १८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक सोही नगरपालिका १८ बस्ने ४० वर्षीय पदम राज पन्तले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदम समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ४२ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित १३ जना पक्राउ
काठमाडौं, ३० चैत ।  काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम ५ सय ६० मिलिग्राम र अफिम ५२ ग्राम सहित १० जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले झापा गौरीगंज गाउँपालिका ३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोशी गाउँपालिका(६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८ सय मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी दोलखा शैलुङ गाउँपालिका(२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका २ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहित बहादुर राना र पर्सा ठोरी गाउँपालिका ४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७ सय ६० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी उदयपुर कटारी नगरपालिका ६ घर भएका ३७ वर्षीय चेत बहादुर राउत र गोरखा गण्डकी गाउँपालिका(३ घर भएका २८ वर्षीय अजय परियारलाई खैरो हेरोइन १० ग्राम तथा अफिम ५२ ग्राम सहित पक्राउ गरेको हो । यस्तै रौतहट वृन्दावन नगरपालिका ८ घर भएका ४३ वर्षीय सुवोध कुमार सिंहलाई खैरो हेरोइन ८४ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सुकमान, पवन, चेतबहादुर, अजय र सुवोध कुमारले यसअघि लागूऔषध मुद्दामा कैद भुक्तान गरिसकेको समेत खुल्न आएको छ । 
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ९ सय ६० ग्राम सहित भारतीय नागरिक ३७ वर्षीय IMRAN AHAMED  लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काभ्रे, धुलिखेल नगरपालिका ९ काभ्रेभन्ज्याङबाट अवैध लागूऔषध पोलेन २ सय ८ ग्राम र गाँजा २ सय ६० ग्राम सहित रोशी गाउँपालिका ११ बस्ने ४५ वर्षीय संजिव लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरीले मंगलटारबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ०२.००७ प ४३८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बैतडी सुर्नया गाउँपालिका(३ बस्ने २३ वर्षीय अबिनाश कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
पर्सा, ३० चैत । कालिकामाई गाउँपालिका १ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका ११ डेरा गरी बस्ने रौतहट माधवनारायण नगरपालिका(१ घर भएका २६ वर्षीय संतोष साह, २४ वर्षीया सोनी कुमारी, बारा महागढीमाई नगरपालिका ७ बेनौली बस्ने १९ वर्षीय बिशाल साह र भारत उत्तर प्रदेश  थाना अलीगढ बस्ने २१ वर्षीय ओमबीर प्रजापति रहेका छन् । 
वीरगंज महानगरपालिका ११ रानीघाटस्थित घरमा बिकाश कुमारलाई फलामको छड तथा फलामको धारिलो गल प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका बिकाशको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।