Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

काठमाडौँमा ‘ठमेल सडक महोत्सव’ हुने

३० सोमबार , चैत्र २०८२एक दिन अगाडि

काठमाडौँमा ‘ठमेल सडक महोत्सव’ हुने

संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको हो ।

नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गमा ‘ठमेल सडक महोत्सव’ हुन लागेको परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल)ले बताएका छन् ।

नेपाली नयाँ वर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउनका लागि नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नाका साथै मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । त्रिदेवीमार्गस्थित सडकमा ३२ वटा स्टल बनाएर खानाको प्रवर्द्धन र सामान बिक्री गरिने उक्त ठमेल सडक महोत्सवमा साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गरेर राति साढे १२  बजे समापन हुने बताइएको छ ।  

उक्त सडक महोत्सवमा उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले जनाएको छ ।