Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

प्रधानमन्त्री बालेनकाे सम्पत्ति कति ?

३० सोमबार , चैत्र २०८२२ दिन अगाडि

प्रधानमन्त्री बालेनकाे सम्पत्ति कति ?

हिजाे साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुकाे सम्पत्ति विवरण सार्वजनिक गरिएको हाे ।  

सम्पत्ति विवरण सार्वजनिक गरिएअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण यसप्रकार रहेकाे छ । जसअनुसार प्रधानमन्त्रीको बैंक मौज्दात १ करोड ४६ लाख रहेको बताइएकाे छ ।

प्रधानमन्त्रीको उक्त रकमको स्रोतमा फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल रहेको उल्लेख गरिएकाे छ । उनको सम्पत्ति विवरणमा पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको उल्लेख गरिएकाे र उक्त सुन प्राप्तिको स्रोत पैतृक रहेको छ ।

त्यसैगरि प्रधानमन्त्रीले माता ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेकाे उल्लेख गरेका छन् । पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको समेत विवरणमा उल्लेख गरिएकाे छ ।