
अवैध लागूऔषध सहित २२ जना पक्राउ
काठमाडौं, २९ चैत, काठमाडौं महानगरपालिका ९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३९ वर्षीय MOHSIN SALAUDDIN KHAN र ३१ वर्षीय MOHAMMED RAHIL MOHAMMED TAHIR GANGU रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र बुप्रेनोर्फिन ५४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका १६ बस्ने ३६ वर्षीय दिनेश विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ५ बस्ने २९ वर्षीय राकेश तामाङ र ३५ वर्षीय राम कुमार रसाईली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२७ प ६८८६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका १२ चपरगौडी बस्ने १९ वर्षीय प्रितम टमाटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ११ पर्गती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय जीवन चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका(४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित कैलारी गाउँपालिका ५ बस्ने २५ वर्षीय संजय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित कैलारी गाउँपालिका ३ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका ८ सुबाहलबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल, नाइट्राभेट २६ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद १७ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका ८ बस्ने ३४ वर्षीय आकाश खड्गीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका ११ मंगलबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५६ ट्याब्लेट र नगद ३ लाख ५० हजार ३ सय १० रूपैयाँ सहित सोही महानगरपालिका(११ वासहीटी बस्ने मोरङ घर भएका ३९ वर्षीय गोविन्द प्रसाद माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा।३४ प १५०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका ४ सितलहाईटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट, डिकोलिक ८ ट्याब्लेट र नगद ५ हजार ५ सय ८० रूपैयाँ सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र तोलाङग्रे, २८ वर्षीय बलराम तोलाङग्रे, २८ वर्षीय बलराम थापा, सोही नगरपालिका(५ टिकाथली बस्ने सिराहा घर भएका ३० वर्षीय रोसन कुमार सिंह र सोही नगरपालिका ४ सितलहाईट बस्ने सिन्धुली घर भएका २७ वर्षीय गणेश परियार रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम २ सय ३० मिलिग्राम सहित धनकुटा, धनकुटा नगरपालिका ६ बस्ने २६ वर्षीय झुमक बहादुर भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने प्युठान घर भएका ३३ वर्षीय सन्तोष जिसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही महानगरपालिका ९ पृथ्वीचोक बस्ने तनहुँ घर भएका ३० वर्षीय बिपिन अधिकारीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २२ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० सिमाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने ३२ वर्षीय बिकी बिश्वकर्मा र सोही उपमहानगरपालिका १२ भोर्ले बस्ने ३० वर्षीय बुद्द स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३.००५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ५० मिलिग्राम सहित
सोही नगरपालिका ७ बस्ने ४८ वर्षीय कुल प्रसाद भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
२ सय ८६ किलो गाँजा सहित दुई पक्राउ
धादिङ, २९ चैत । गजुरी गाउँपालिका १ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका(८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका(५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी अभियोगमा पक्राउ
सल्यान, २९ चैत । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका ५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भरूवा बन्दुक सहित दुई जना पक्राउ
उदयपुर, २९ चैत, वेलका नगरपालिका ६ वाबुङला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।


