Advertisement Banner
Advertisement Banner

३० सोमबार, चैत्र २०८२12th April 2026, 11:00:16 am

हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखाकाे उद्घाटन

२९ आइतबार , चैत्र २०८२१४ घण्टा अगाडि

हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखाकाे उद्घाटन

हाइटेक भिजन प्रा.लि.ले नवौँ वार्षिकोत्सवको अवसर पारेर नयाँ शाखाकाे उद्घाटन गरेकाे छ । काठमाडाैँकाे नयाँबसपार्क नजिकै गोंगबुमा नयाँ शाखाकाे उद्घटन गर्दै नवौँ वार्षिकोत्सव भव्य रुपमा मनाएकाे हाे ।  

विगत ९ वर्षदेखि ग्राहककाे मन जित्दै नवौँ वार्षिकोत्सवमा आइपुग्दा कम्पनिले नयाँ फड्काे मार्न सफल भएकाे हाे । प्रारम्भिक चरणमा कठिनाइ भाेग्न परेपनि पछिल्लाे समय ग्राहकाे अपार माया निरन्तर साथ, विश्वास र सहयोग पाएकाले नयाँ शाखा खाेल्न सफल भएकाे बताइएकाे छ ।

व्यवसाय सफल बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष ग्राहक र व्यवसायीबीचको विश्वासपूर्ण सम्बन्ध रहेकाे स्पष्ट पार्दै कम्पनीले परिमाणभन्दा गुणस्तरलाई प्राथमिकता दिएकाले कम्पनी अहिलेकाे अवस्थासम्म आउन सकेकाे उल्लेख गरिएकाे छ । कम्पनीले अनलाइन माध्यमबाट ग्राहकलाई जानकारी गराउने गरेकाे र देशविदेशबाट समेत समर्थन पाएकाेमा खुशी व्यक्त गरेकाे छ ।

कम्पनीले नवाैं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि छुट तथा उपहार योजनासहित बिक्री वितरण गरेकाे र ग्राहकलाइ खालि हात नफर्काउन उपहार याेजना ल्याएकाे थियाे । वार्षिकोत्सवमा उपस्थित ग्राहकहरुले सामानको गुणस्तर राम्रो लागेको र छुटको सुविधा पनि आकर्षक रहेकाे बताएका थिए ।