Advertisement Banner
Advertisement Banner

३० सोमबार, चैत्र २०८२12th April 2026, 11:00:16 am

एक वर्षमा साढे ७ हजार बढि विपद्का घटना

२९ आइतबार , चैत्र २०८२१५ घण्टा अगाडि

एक वर्षमा साढे ७ हजार बढि विपद्का घटना

एक वर्षको अवधिमा साढे ७ हजार बढि विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा ७ हजार ६ सय ४८ वटा विपद्का घटना भएकाे हाे ।

प्राधिकरणका अनुसार एक वर्षमा भएका उक्त विपद्का घटना आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा धेरै रहेकाे बताइएकाे छ । विपद्का घटना मध्ये सबैभन्दा धेरै आगलागीका घटना भएकाले सावधानीका लागि सरकारी र सम्वन्धित निकायले चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको देखिन्छ ।

देशभर २०८२ साल वैशाख १ गतेदेखि २०८२ साल चैत २७ गतेसम्मको अवधिमा ३ हजार ७ सय २० वटा आगलागीका घटना भएकाेमा १ सय ५ जनाले ज्यान गुमाएका थिए भने ५ सय ७१ जना घाइते र ४ हजार २ सय ६० परिवार प्रभावित भएकाे प्रधिकरणले जनाएकाे छ ।

प्राधिकरणका अनुसार चैत २७ गतेदेखि २८ गते बिहानसम्म देशभर कुल १९ वटा विपद्का घटना हुँदा आगलागीका १६ वटा घटना भएका थिए । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले सतर्कता अपनाउन समेत प्रधिकरणले अनुरोध गरेकाे छ ।