
सामाजिक सञ्जाल युट्युबमार्फत प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई गालीगलौज गर्ने युट्युबर रोशन पोखरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा पाेखरेललाई पक्राउ गरिएकाे हाे ।
पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–७, घर भएका पोखरेललाई ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हाे । उनलाई ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा पक्राउ गरिएको बताइएको छ ।


