Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उपरथीमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान

२७ शुक्रबार , चैत्र २०८२१४ घण्टा अगाडि

उपरथीमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका दुई जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधान सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

त्यसैगरि पदोन्नतिसँगै उनीहरूलाई उपरथीको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो ।