Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आइतबार ओपिडी सेवा सञ्चालन गर्न निर्देशन

२७ शुक्रबार , चैत्र २०८२१६ घण्टा अगाडि

आइतबार ओपिडी सेवा सञ्चालन गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार सार्वजनिक बिदाको दिन पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउनका लागि मन्त्रालयले बिदाको दिन ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हाे ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको हो । अस्पतालहरूले आफ्नो कार्यबोझ र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्ने मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

त्यस्तै मन्त्रालयले आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । उक्त व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ ।