
नागढुंगा सुरुङमार्ग प्रयोगको दस्तुर रकम ताेकिएकाे छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नागढुंगा सुरुङमार्ग प्रयोगको दस्तुर रकम सार्वजनिक गरेको हाे ।
सार्वजनिक गरिएकाे सूचनाअनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले काठमाडौँ छिर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने बताइएकाे छ ।
त्यसैगरि मिनीबस, मिनी ट्रिपर ट्रकलाई काठमाडौँ आउँदा ११५ र काठमाडौँबाट जाँदा ८० रुपैयाँ लाग्ने छ । त्यस्तै बस, ट्रक (सिंगल रियर एक्सल)लाई काठमाडौँ छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय तथा मल्टी एक्सल ट्रक/सवारीसाधन र भारी उपकरणले प्रवेश गर्दा ६ सय र बाहिरिँदा २५० दस्तुर तिर्नुपर्ने छ ।


