Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२७ शुक्रबार , चैत्र २०८२२० घण्टा अगाडि

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, २६ चैत । सिन्धुली, दुधौली नगरपालिका १० सिर्जनानगरबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित उदयुर कटारी नगरपालिका ८ आहाले बस्ने ३७ वर्षीय टेक बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले दमकबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५४ नम्बरको हायसलाई जाँच गर्दा हायसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, हरिनगरा गाउँपालिका २ भुटाहा बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सहित सोही गाउँपालिका ६ बस्ने २१ वर्षीय अबजल अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको मे।८ प ५८७० नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।