Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उपसभामुखका लागि उम्मेदवारी दर्ता गरिदै

२६ बिहिबार , चैत्र २०८२१८ घण्टा अगाडि

उपसभामुखका लागि उम्मेदवारी दर्ता गरिदै

आज प्रतिनिधिसभाको उपसभामुखका लागि उमेदवारी दर्ता गरिदै छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ता गर्न लागिएकाे हाे ।

उम्मेदवारी दर्ताकाे समय बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वार प्रकाशन गरिएको सूचनाअनुसार दिउसो साढे २ बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

आज उम्मेद्वारी दिएपछि उपसभामुखको निर्वाचन भाेलि शुक्रबार हुने गरिने तयारी रहेकाे छ । भाेलि शुक्रबार दिउँसाे ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने तय भएको छ ।

सभामुख र उपसभामुख फरक दल फरक लिंगकाे हुनुपर्ने व्यवस्था अनुसार सभामुख पुरुष भएकाले महिला उपसभामुख र फरक दलबाट बनाउन पर्ने भएकाले प्रतिनिधि सभामा रास्वपा दुई तिहाई बहुमत निकट रहेकाले उसको समर्थन पाउने दलले उपसभामुख पाउने निश्चित रहेको छ ।