Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

संघीय संसदकाे दुवै सदनको बैठक बस्दै

२५ बुधबार , चैत्र २०८२७ घण्टा अगाडि

संघीय संसदकाे दुवै सदनको बैठक बस्दै

आज दिउँसाे सिंहदरबारमा संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे सिंहदरबारमा बस्न लागेकाे हाे । प्रतिनिधिसभाको आजकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

त्यसैगरि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेकाे छ ।

त्यस्तै राष्ट्रियसभाको बैठक दिउँसाे सवा १ बजे बस्ने कार्यतालिका रहेकाे छ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ।