Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हावाहुरीसहित केहि स्थानमा भारी वर्षा

२५ बुधबार , चैत्र २०८२८ घण्टा अगाडि

हावाहुरीसहित केहि स्थानमा भारी वर्षा

अहिले देशकाे विभिन्न स्थानमा माैसम बदली हुनुका साथै पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली भएकाे छ ।  

देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली भएको हाे । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली हुने छ भने अन्य भागमा आंशिक बदली हुनुका साथै हिमाली भेगमा हिमपात र पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा हुने महाशाखाले जनाएकाे छ ।

आज राति देशभरकाे माैसम बदली हुने सम्भावना रहेकाे छ भने कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा वर्षा र हिमपात हुनुका साथै तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेकाे छ । त्यस्तै महाशाखाका अनुसार मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षाकाे सम्भावना रहेकाे बताइएकाे छ ।