Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रहरीले अनुसन्धान

२५ बुधबार , चैत्र २०८२१० घण्टा अगाडि

प्रहरीले अनुसन्धान

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
काठमाडौं, २४ चैत, कैलाली, धनगढी उपमहानगरपालिका ९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका ८ बस्ने २० वर्षीया पुष्पा रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    कञ्चनपुर, भीमदत्त नगरपालिका ६ बनगाउँ बैजनाथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र ओड र २६ वर्षीय डाइमण्ड शमसेर टमटा रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
स्याङ्जा, २४ चैत, बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरूवा गाउँपालिका ४ बस्ने ५२ वर्षीय उमाकान्त पोखरेल भन्ने हुम बहादुर थापा र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका छन् ।
जिल्ला अदालत स्याङ्जाको २०५३ वैशाख १९ गतेको फैसलाले उक्त मुद्दामा दुवै जनालाई जनही २ महिनाको कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।