
अहिले मुलुकभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले माैसममा परिवर्तन आएसँगै देशका केहि स्थानमा वर्षा र हिमपात हुनुका साथै बाँकी भूभागमा आंशिक बादल लागेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने बताइएकाे छ । त्यसैगरि पहाडी तथा हिमाली भूभागका केहि स्थान हिमपात तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ महाशाखाले जनाएकाे छ ।
त्यसैगरि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।


