Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कम्बोडियाबाट ७ नेपालीकाे उद्धार

२३ सोमबार , चैत्र २०८२५ घण्टा अगाडि

कम्बोडियाबाट ७ नेपालीकाे उद्धार

कम्बोडियामा अवैध काममा लगाइएका ७ जना नेपालीकाे उद्धार गरिएको छ । कम्बोडिया लगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका उनिहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हाे ।

अवैधरूपमा काम गर्न बाध्य पारिएका उनीहरुलाई आज त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेगरी त्यहाँबाट फर्काइएको हो । दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानूनी काममा लगाइएको थियो ।

पछिल्लो समय भिजिट भिसामा कम्बोडिया पुग्ने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ भने दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर जारी राखेकाे बताइएकाे छ ।