
कास्की जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३४ मिनेटमा धक्का महसुस गरिएको हाे ।
बिहान ८ बजेर ३४ मिनेट जाँदा ३.५ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको बताइएकाे छ ।
यसअघि चैत १८ गते बिहान मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियाे भने चैत ९ गते बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाकाे मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियाे ।
पछिल्लाे समय नेपालका विभिन्न स्थानमा बेलाबेलामा सानाेतिनाे भूकम्प जाने गरेकाे छ ।


