Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

मतदाता नामावली संकलन सुरु

२२ आइतबार , चैत्र २०८२५ महिना अगाडि

मतदाता नामावली संकलन सुरु

यसअघि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएकाे मतदाता नामावली संकलन आजबाट पुण: सुरु गरिएकाे छ । गत मंसीर ६ गतेदेखि स्थगित गरिएकाे मतदाता नामावली संकलन आजबाट सुरु गरिएकाे हाे ।

निर्वाचन आयोगको यही चैत १८ गते बसेकाे बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेसँगै स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् ।

आयोगले राष्ट्रिय परिचयपत्र भएका व्यतिकाे हकमा राष्ट्रिय परिचयपत्रको विवरणमार्फत अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको र राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा मतदाता नामावलीका लागि आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ भने आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरणका लागि निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्ने बताइएकाे छ ।

त्यसैगरि मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि पनि अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि सम्वन्धित सबैलाई आग्रह गरेको छ ।