Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मकवानपुरमा नक्कली परीक्षार्थी पक्राउ

२० शुक्रबार , चैत्र २०८२३ घण्टा अगाडि

मकवानपुरमा नक्कली परीक्षार्थी पक्राउ

हिजाेदेखि सुरु भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिँदै गरेका सिन्धुली मरिन गाउँपालिका–४, का १८ वर्षीय बिराज बिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिकले अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसिएर परीक्षा दिन आएका थिए । बिक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएकाे छ ।

बिकले हेटौंडा–१२, पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नामकाे प्रवेशपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा अंकिशलाई समेत नियन्त्रणमा राखिएको र दुवैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।