Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

“इको प्यानल” प्रविधि

२० शुक्रबार , चैत्र २०८२२ महिना अगाडि

“इको प्यानल” प्रविधि

नेपालमा दिगो र वातावरणमैत्री निर्माण प्रविधिको चर्चा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको छ। यही परिवेशमा “इको प्यानल” प्रविधिले विशेष स्थान बनाएको छ। तर, यो प्रविधिको सुरुवात, विकास र लोकप्रियतामा एक व्यक्तिको दूरदर्शी सोच र अथक प्रयास प्रमुख आधार बनेको छ—इन्जिनियर कृष्ण भक्त दुुवाल। एक दशकभन्दा बढी अघि नेपालमै पहिलोपटक “इको प्यानल” नामकरण गरी उत्पादन सुरु गर्ने इन्जिनियर दुुवाल हरित निर्माण प्रविधिका अग्रदूतका रूपमा चिनिन्छन्। उनको पहल बिना यो प्रविधि आजको अवस्थामा पुग्न सम्भव थिएन भन्ने उद्योग क्षेत्रका विज्ञहरूको धारणा छ। 

आज इको प्यानल स्वदेशमै उत्पादन भई आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न सक्षम भएको छ, जुन नेपालको निर्माण क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिन्छ। इको प्यानलको प्रयोगले भवन निर्माणलाई छिटो, किफायती र ऊर्जा(दक्ष बनाउनुका साथै वातावरणीय प्रभावलाई न्यून गर्ने लक्ष्य राख्छ। यही कारणले देशका प्रमुख शहरहरूमा यस प्रविधिमा आधारित उद्योगहरू स्थापना हुन थालेका छन्, जसले रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा समेत टेवा पुर्‍याएको छ। इन्जिनियर कृष्ण भक्त दुुवालले नवीकरणीय ऊर्जा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन् र हाल स्रोत तथा वातावरणीय इन्जिनियरिङमा विद्यावारिधि ९एजम्० अध्ययनरत छन्। उनले इको प्यानल र दिगो निर्माणसँग सम्बन्धित थुप्रै अनुसन्धान गरेका छन्, जसका नतिजा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भइसकेका छन्। उनको अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताले नेपालमा हरित निर्माण प्रविधिको आधार तयार गरेको छ। आज इको प्यानलको बढ्दो प्रयोगले देखाएको सफलता केवल प्रविधिको मात्र होइन, दूरदर्शी नेतृत्व र निरन्तर प्रयासको परिणाम पनि हो। इन्जिनियर दुुवालको योगदानले नेपाललाई दिगो निर्माणको दिशामा अगाडि बढाउन मद्दत गरेको छ। आगामी दिनहरूमा यस्ता स्वदेशी प्रविधि र नवप्रवर्तनले अझ व्यापकता पाउने अपेक्षा गरिएको छ।