Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

डीपी अर्याललाई सभामुख बनाइने

१९ बिहिबार , चैत्र २०८२६ घण्टा अगाडि

डीपी अर्याललाई सभामुख बनाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्यललाई प्रतिनिधिसभाको सभामुख बनाउने बताएको छ । रास्वपाकाे आज बसेकाे संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज संसद बैठकलगत्तै सिंहदरबारमा रास्वपाकाे संसदीय दलको बैठक बसेकाे थियाे । बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेसँगै उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो ।

आगामी आइतबार सभामुखको निर्वाचन हुने तय भएको छ ।