Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गृहमन्त्री सुधनले पशुपतिनाथ दर्शन गरे

१९ बिहिबार , चैत्र २०८२७ घण्टा अगाडि

गृहमन्त्री सुधनले पशुपतिनाथ दर्शन गरे

आज बिहान गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथकाे दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले मन्दिरमा पूजा–अर्चनासहित दर्शन गरेका हुन् ।

गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ मन्दिर पुगेका हुन् । दर्शनका क्रममा गुरुङले मन्दिर परिसरको अवलोकन गर्दै सरसफाइ, व्यवस्थापन र तीर्थयात्री सुविधाबारे जानकारी लिँदै आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए ।

आज हनुमान जयन्ती परेकाले पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेका कारण सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो । गृहमन्त्रीको उपस्थितिले सुरक्षा निकाय थप सक्रिय देखिएका थिए।

पशुपतिनाथकाे दर्शन गरेका गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्दै धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।