Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

बालाजु बाइसधारा मेला सुरु

१९ बिहिबार , चैत्र २०८२५ महिना अगाडि

बालाजु बाइसधारा मेला सुरु

हरेक वर्षा झैं यसवर्ष पनि चैत शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला सुरु भएकाे छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वासका साथ हरेक वर्ष चैत पूर्णिमामा बालाजु बाइसधारा मेला लाग्ने गर्दछ ।

बौद्ध र हिन्दू धर्मावलम्बीले स्नान गर्ने उक्त बाइस धारामा यसवर्ष भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले जनाएका छन् । बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गरेका थिए भने पछि १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको बाइसधाराको इतिहासमा उल्लेख भएको पाइन्छ ।

यता आज नेवार समुदायले ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि रहेकाे छ । विशेष गरी महिलाले बाइसधारामा स्नान गरी मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेकाे छ भने बालाजुकाे बाइसधारामा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बूढापाकाले बताउने गरेका छन् ।