Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आजबाट एसईई परीक्षा सुरु

१९ बिहिबार , चैत्र २०८२२ घण्टा अगाडि

आजबाट एसईई परीक्षा सुरु

यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएकाे छ । देशभर एकैसाथ सुरु भएकाे परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ ।

आजबाट सुरु भएकाे एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षालाई व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारिएको बताइएको छ । यता हालै बनेकाे नयाँ सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारीसमेत गरेको छ ।