Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पश्नपत्र आउट ढाकछोपको प्रपञ्च

१९ बिहिबार , चैत्र २०८२३ घण्टा अगाडि

पश्नपत्र आउट ढाकछोपको प्रपञ्च

मिति २०८२ चैत्र १८----
नेपालगञ्ज र आदर्श माबि परिक्षा केन्द्रमा उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरीक प्रपञ्च भइरहेको पाइएको छ ।
परिक्षाको प्रश्नपत्र आउट गर्ने जस्तो गम्भिर बिषयमा दुई दिन विति सम्दा समेत कार्वाही प्रक्रिया अगाडी नबढ्दा यसले संसय पैदा गरेको छ भने उक्त बिषय थप पेचिलो बन्दै गएको छ ।
परिक्षा सञ्चालन भएको आधा घण्टा मानै मुनतारा इंलिस मिडियम स्कुलका बिद्यार्थीहरुबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको थियो । परिक्षाको मर्म र नियम विपरितको कार्य भएको पाइएपछि तत्काल उक्त केन्द्रका केन्द्राध्यक्षले नगर शिक्षा शाखा प्रमुखलाई फोन मार्फत घट्नाको जानकारी गराएका थिए । घट्नाका बिषयमा जानकारी भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाले सोही दिन परिक्षा समितिको बैठक डाकेका थिए ।
अत्यन्तै गम्भिर बिषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा शाखाले समिति वाहेकका ब्यक्तिहरुलाई समेत सहभागि गराएर छलफल गरेपछि सो बिषय बिषयान्तर भएको श्रोत बताउछ । परिक्षा समितिकै कुनै पदाधिकारीको संलग्नतामा प्रश्नपत्र बाहिरीएको हुन सक्ने भएकाले गम्भिर बिषयलाई समेत मिलाउन खोजिएको श्रोतको दाबि छ । बैठकले उक्त कार्यमा संलग्न ब्यक्तिलाई प्रशासनिक कार्वाही गर्ने निर्णय गरेको भएपनि कसरी र कहिले गर्ने स्पष्ट नभएको श्रोत बताउछ ।
यस अघि पनि नेपालगन्ज स्थित केही बिद्यालयहरुले यस्ता कार्यहरु गर्दै आएको भएपनि विभिन्न प्रलोभन र दवावका कारण तै चुप मै चुपको अवस्थामा सबै रहने र मिलेमतोमै मिलाउने गरेको श्रोत बताउछ । परिक्षाको प्रश्न पत्र बाहिर ल्याउने कार्य फौजदारी अभियोग हुने भएकाले तत्काल उक्त कार्यमा संलग्न ब्यक्ति र संस्थालाई कार्वाही प्रक्रियामा ल्याउनु पर्ने जानिफकारहरु बताउछन् ।
उक्त घट्नाका बिषयमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले परिक्षा समितिको बैठकले त्यो दिनको परिक्षा रद्ध गरि चैत्र १८ गते गर्ने गरी सुचना जारि गरेको बताए । उक्त बिषयमा अनुसन्धान गर्ने बताएपनि कसरी र कसले अनुसन्धान गरिरहेको छ स्पष्ट गरेनन् ।
उत्तर सहितको प्रिन्टेड पश्न पत्र बाहिरिनु गम्भिर र चरम लापरवाहि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताए । घट्नाका बिषयमा जानकारी भए लगत्तै नगर प्रमुखसँग कुराकानी भएको र उपमहानगरपालिका मार्फत लिखित पत्र प्राप्त भएमा प्रशासनले कार्वाहीकालागि ढिलाई नगर्ने उनको भनाई थियो । यो समाचार तयार पार्दा सम्म कुनै पनि कार्वाहीको पत्र उपमहानगरपालिका बाट प्रशासनलाई प्राप्त भएको छैन । घट्नाका बिषयमा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टलाई सम्पर्क गर्दा उहाँसँग कुराकानी हुन सकेन् ।
परिक्षाको समयमा हुने यस्ता कार्यले बिद्यार्थी र अभिभावकको मानसपटलमा नकारात्मक असर पार्ने भन्दै शिक्षा क्षेत्रमा हुने गैर जिम्मेवार पूर्ण कार्यमा रोक लगाइ संलग्न ब्यक्तिलाई कार्वाही गर्नुपर्ने माग उठ्न थालेको छ ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका ८ ओटा बिद्यालयका कुल २६० जना बिद्यार्थी संलग्न रहेको उक्त केन्द्रमा मुनतारा स्कुलको बिद्यार्थीसँग उत्तर सहितको कम्प्युटराईज प्रिन्टेड पश्न पत्र फेला परेको थियो । नेपालगन्ज उपमहानगरपालिकाबाट आवश्यक कार्वाहीका लागि प्रशासनलाई पत्र हाल सम्म नजानु र घट्नाको छानविनका लागि निष्पक्ष समिति बनाएर कार्वाहीको प्रक्रिया अगाडी नबढाउनुले घट्ना ढाकछोपको संका बढेको बताइन्छ ।