Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मुगुमा भूकम्प गयाे

१८ बुधबार , चैत्र २०८२१४ घण्टा अगाडि

मुगुमा भूकम्प गयाे

मुगुमा बुधबार बिहान भूकम्प गएको छ । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ बजेर २२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको थियाे भने भूकम्पबाट के कति क्षति भयाे भन्ने विवरण प्राप्त भएको छैन ।

यसअघि दार्चुलाकाे मुराई आसपास केन्द्रविन्दु भएर चैत ९ गते बिहान ३ बजेर ५१ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियाे । त्यसअघि पनि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।