Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

माैसम बदलीसँगै हिमाली र पहाडी भू–भागमा हिमपात र वर्षा

१८ बुधबार , चैत्र २०८२२ घण्टा अगाडि

माैसम बदलीसँगै हिमाली र पहाडी भू–भागमा हिमपात र वर्षा

मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले माैसममा प्रभाव परेकाे छ । जसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागकाे माैसम बदली हुनुका साथै हिमपात र वर्षा भइरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनुका साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरि आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली हुनेछ भने पहाडी तथा तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएकाे छ ।